धनगढी। कैलालीको धनगढीका दुई युवक लागूऔषध सहित कञ्चनपुरको पुनर्वासबाट पक्राउ परेका छन्। कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ४ मा भारतको बसहीबाट नेपाल आउँदै गरेका धनगढी ५ बस्ने २९ वर्षका लक्ष्मण खड्का र सोही ठाउँका २० वर्षीय आदित्य चौधरीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा सादा पोशाकमा खटिएका प्रहरी जवान नरेश बोहरा र महेश विष्टको टोलीले आज मङ्गलवार उनीहरूको साथबाट ८४० मिलिग्राम लागुऔषध बरामद गरेको हो। साथै सुदूरपश्चिम प्रदेशको ०१-००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत बरामद गरी दुवै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।