कैलाली। कैलालीमा लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेकी एक महिलालाई कारागार चलान गरिएको छ। कैलालीको लम्कीचुहा नगरपालीका ३ चिसापानी बजारबाट बैशाख १३ गते दिउँसो ११: ४५ बजे सोही ठाउँकी २९ बर्षीय दीपा बिष्ट (साउँद)पक्राउ परेकी थिइन्।
लम्कीचुहा नगरपालीका ३ स्थित नयाँ बस्तीमा संकास्पद तवरले हिँडडुल गरीरहेको अवस्थामा खानतलासी गर्दा १५० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित उनलाई ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले पक्राउ गरेको थियो।
सोही दिन पक्राउ गरी अनुसन्धान भई रहेकोमा हिजो (सोमबार) जिल्ला अदालत कैलालीबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि कैलाली कारागार पठाइएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शंकर खड्काले जिल्ला अदालतबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि हिजै बिष्टलाई कैलाली कारागार पठाएको बताएका छन।