काठमाडौँ। कांग्रेस संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको महामन्त्री गगनकुमार थापाले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता बदल्न लागेको र सकेमा बदल्ने बताएका छन्।
केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापाले गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको बताए । संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता देउवानिकटका नेताहरूलाई आग्रह गरेका छन्। मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो ।
म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु,उनले भने।सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताए। सभापतिले आफू फेर्दै गरेकाले यसले प्रयास गर्छ भन्ने लागेको छ।
अरुले कति चिन्ता गर्नुभएको हो ?, उनले प्रश्न गरे। संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाले बताए। उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको बताए । मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने बताए। गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने उनको भनाइ थियो।