कञ्चनपुर। कञ्चनपुरमा भारतिय नम्बरको कारसहित एक जना पक्राउ परेका छन्।
भन्सार छली गरी ल्याएका विभिन्न खुण्टि, चुकुल ताला, स्टेसनरीका सामान र उक्त सामान बोकेको कार गरी अन्दाजी ७ लाख ९९ हजार ७ सय मुल्य बराबरका सामान र कारसहित एक जना भारतिय नागरिकलाई कञ्चनपुर प्रहरीले आइतवार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा भिमदत्त नगरपालिका वडा नम्बर–४ बजारमा पक्राउ गरेको जनाएको छ। बरामद गरिएका सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको छ।