कञ्चनपुर। लागुऔषध मुद्दामा कैद र जरिवाना पाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरबाट २०७८ साल चैत्र ३० गते चार वर्ष नौ महिना १३ दिन कैद र पाँच हजार जरिवाना फैसला भएका बेदकोट नगरपालिका-५ का सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट शुक्रबार गएको टोलीले नेपालीलाई उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेपछि कारागार पठाइएको छ ।