धनगढी। कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना १७ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले जिल्लाको गोदावरी नगरपालिका–११ का ६५ वर्षीय माने कामीलाई बिहीबार पक्राउ गरेको हो।
मानेलाई जिल्ला अदालत कैलालीले २०६३ मंसिर २५ गते कर्तव्य ज्यान मुद्दामा ७ वर्ष १ महिना कैद सजाय तोकेको थियो। उनलाई बिहीबार पक्राउ गरी कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ।


