कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको मिति २०७८ चैत ३० गतेको फैसलाले लागुऔषध मुद्धामा ४ वर्ष ९ महिना १३ दिन कैद र रु ५ हजार जरिवाना भुक्तान गर्न बाँकी भई फरार रहेका प्रतिवादीलाई प्रहरीले आज (बिहीबार) पक्राउ गरेको हो।
पक्राउ पर्ने प्रतिवादीमा कञ्चनपुर बेदकोट नगरपालीका वडा नम्बर ६ का सन्तोष बिष्ट हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आज बिहीबार निजकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका बिष्टलाई आजै कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको छ।