योगेन्द्र नायक, धनगढी । कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष डबल दियाकोटीले नगरपालीकाको असहयोगका कारण सोचेजस्तो काम गर्न नसकिएको बताएका छन् । अध्यक्ष डबल दियाकोटीले आफु निर्वाचित भएर आएको १ बर्ष हुन लाग्दा काम गर्न खोजेपनी बाचा अनुसार काम हुन नसकेको बताएका हुन्।
उनले निर्वाचनका बेला जनतासँग गरेका बाचा अनुसार काम नभएको र आफु सन्तुष्ट नरहेको ब्यक्त गरे । गौरीगंगा नगरपालीकाका कारण जुन किसीमले बिकासका हिसाबले तिब्रता हुनुपर्ने भएपनी त्यस हिसाबले अगाडी बढ्न नसकिएको वडा अध्यक्ष दियाकोटीले बताए । गौरीगंगा नगरपालीकाका कर्मचारी, प्रमुख तथा उपप्रमुखसंग नगरको बिकासका लागी एक्सन र कुनैपनी भिजन नभएकै कारण सो क्षेत्रको बिकासले फड्को मार्न नसकेको र पछाडी परेको उनले दाबी गरे।
नगरपालीकाले वडाका लागी कुनै पनी समन्वय नगररै बजेट ल्याएको र गाउँपालीका भन्दा बजेट घटेर आएको वडा अध्यक्ष दियाकोटीको भनाई छ । नेपालको कान्छो नगरपालीका समेत रहेको उक्त नगरपालीकामा सिस्टमको तरिकाले बजेटमा नगएर लिजाको कमीको कारण कर्मचारीको लार्पबाहीको कारण अहिले यो अवस्था आएको उनले भने । तिब्र काम गर्ने इच्छा र चाहाना हुदाँहूँदै नगरपालीकाको तर्फबाट साथ सहयोग नपाइएकाले बजेट अभाबका कारण वडा बासीलाई कामको महसुस गराउन नसकिएको बताए ।
उनले भने, यहाँका जनताका आकाँक्षा धेरै रहेको छ, १ बर्षमा आधा प्रतिशत काम गरिसक्ने सोच भिजनसहित आफु जनताको सेवा गर्न आएको नागरिक हुँ, उनले भने, नगरपालीकाको कामको सिस्टम मिलेको छैन् । जुन बजेट लगायत समन्वय गर्ने कुरा नगरपालीकाको कार्यपालीका बैठकमा निर्णय भयो, त्यो निर्णयलाई कार्यान्वयन गर्न हामीहरु पछाडी परिरहेका छौँ, उनले भने । हिजोका दिनमा नगरप्रमुख देवीदत्त कंडेल समाजसेवा गर्दै आइरहेको हिसाबले नगरको बिकासका लागी एक्सन लिन सक्ने धारणा राखेको भएपनी जुन हिजोको जस्तो एक्सन अहिले नभएको स्पष्ट पारे ।
गौरीगंगा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष दियाकोटीले गौरीगंगा नगरका कर्मचारीलाई नगरप्रमुखले सञ्चालन गर्न नसकेको र कर्मचारी समेत नटेर्ने गरेको समेत बताए । नगरप्रमुखले काम गर्नलाई एक्सन लिनुपर्ने सुझाब वडा अध्यक्ष दियाकोटीले दिए । आज भएको निर्णयलाई एक हप्तापछि कार्यान्वयन भए नभएको मुल्याङ्कन गर्ने, काम तिब्र रुपमा बढाउनुपर्ने हून्छ, उनले भने, आज गरेको निर्णय ६ महिना थन्किएपछि निर्णय गरेको पनी औचित्य हुँदैननी, उनले भने । आफु नगरप्रमुख कंडेलप्रति ब्यक्तीगत रुपमा आक्रोशित छैन्, उनले भने, तर जनप्रतिनिधीका रुपमा आइसकेपछि काम नगरेपछि र निर्णय गरिएका कुरालाई कार्यान्वयन गर्न नसकेपछि हामीहरु आफै फेलर हुन्छौँ नी । काम गर्नुपर्नुपर्यो, उनले भने ।
उनले आफु निर्वाचित भएर आइसकेपछि सकेजती दिनरात जनताप्रति सर्मपित भएर लागेको वडा अध्यक्ष दियाकोटीले बताए। वडा कार्यालयको तर्फबाट साढे ६ लाखमा कल्र्भट निर्माण, सडक पिचहरु निमार्ण कार्य भैरहेको, वडामा सहरी बिकासको ५३ सय ८० मिटरको पिच हुने क्रममा रहेको, ९ सय ५० किलोमिटरको पिच भैरहेको, स्तरोउन्नतीको बाटोहरु बनीरहेको, सिचाईको योजनाहरु भैरहेको र प्रत्येक टोल टोलमा खानेपानी बिस्तार लगायत अन्य सेवा सुबिधा दिइरहेको जानकारी दिए । आफुले जनताका लागी ५ बर्षे कार्यकाल सुम्पेको बताउँदै स्रोत र साधनले भ्याएसम्म वडाको बिकासका लागी आफु प्रतिबद्ध भएर लागीरहने प्रतिबद्धता जनाएका छन् ।
मेरो वडामा वडा अध्यक्षले कैफियत गरिरहेको छ, पैसाको लागी आर्थिक अनियमितता गरिहेको छ भन्ने तुरुन्त आफुलाई खवर गर्न बडाबासीलाई आग्रह गरेका छन् । गौरीगंगा नगरपालीकाका प्रमुख तथा उपप्रमुखले कतीपय वडाहरुलाई बजेटमा बिभेद गरेको बताएका छन् । आफुले गौरीगंगा नगरपालीका वडा नम्बर १ लाई बजेटको सिलीङ ९० लाख रुपैयाँ दिइयो, उनले भने । जनसंख्या, भुगोल र राजस्वको आधारले पनी र गौरीगंगा नगरपालीका भएको आधारले पनी प्रत्येक वडालाई दामासहिले हिसाबले बाँड्ने सक्ने पनी वडा हैननि । वडामा प्रत्येक दामासहिले बाँड्न हुँदैन । कुनै वडामा बढीको चाहाना हुन्छ उनले भने।
वडा नम्बर ११ दुर्गम क्षेत्र हो नी त्यहाँ अलीकती बजेट बढी दिन सकिने हो। वडा नम्बर २,३ र ५ सानो वडा हुन् । यसैले गौरीगंगा नगर प्रमुखले एउटा जनसंख्या, भुगोल र राजस्वको आधारले पनी बढाउनुपर्ने हो तर त्यसो गरिएन उनले भने । हामी जनप्रतिनिधी भएर आइसकेपछि जनताको बिकास, सुशासन कायम र बाचा अनुसारका काम गर्ने पाएको कार्यबिधी अधिकार तथा निती नियम अनुसार काम गर्नुपर्ने बताए । यो महिनाको अन्तिमसम्म सुकुम्बासी दलीत भुमिहिनलाई लालपुर्जा बितरण गरिसक्ने भएपनी त्यो अहिलेसम्म गर्न नसकिएको बताए । यो कुरा भदौमा निर्णय भएको र अहिलेसम्म कार्यान्वयनमा आउन नसकिएको वडा नम्बर १ का वडा अध्यक्ष दियाकोटीले भने । छाडाचौपायाहरुको ब्यवस्थापनका लागी पैसा छ कहिले समिती बनाइन्छ । कहिले ठेक्का सिस्टममा दिने भन्ने हून्छ । कुरा बिकास गर्ने हा उनले भने, कार्यनितीमा टेकेर बिकास गर्नुपर्छ । निती छ हामीसँग कानुन छ हामीसँग त्यसमा टेकेर काम गर्ने हो । फटाफट काम गरिदियो भने यहीँ गौरीगंगाका मेयर सावपनी बालेन बन्न सक्ने भने । बालेन बन्न बालेन बन्छ भन्ने कुरा हुँदैननी, उनले भने । मान्छेको आत्मादेखी चाहाना हुनुपर्यो । जसरी देवीदत्त कंडेललाई यहाँका जनताले जिताएको छ, त्यसरी नै एक्सन लिनुपर्यो उनले भने । आफ्नो अधिकारलाई प्रयोग गरेर अगाढी बढ्नुपर्यो। यदी आफ्नो अधिकारलाई प्रयोग गरेर अगाढी बढ्न सकेन भने कंडेल फेलर मेयर साब बन्छन् यो कुरा मैले हैन नगरबासीले नै भन्नेछन् उनले भने। आफुले गौरीगंगा नगरपालीका अन्तरगतको वडा नम्बर १ लाई सुशासन, समृद्धि र बिकासमा दिगो हुनुपर्ने धारणा राखेका छन् । यस्तै स्वास्थ्य खानेपानी र शिक्षामा परिवर्तनसँगै यहाँको बिकासलाई छिटो र छरितो हुनुपर्ने भन्ने धारणा गौरीगंगा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष डबल दियाकोटीले राखेका छन् ।