धनगढी : धनगढीमा पार्किङ गरेको ट्याङ्कर भित्र अश्लील हर्कत गरिरहेका एक जोडी प्रहरी फन्दामा परेको छ । मोहना अत्तरिया ६ लेन सडक अन्तर्गत मिलनचोक नेश्नल ट्रेडिङको ट्याङ्कर पार्किङ स्थलभित्र अश्लील हर्कत गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
ट्याङ्कर भित्र अश्लील हर्कत गरिरहेको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनगढीको चर्चित बिद्यालयमा अध्यायनरत छात्रा र ट्याङ्करका सह चालक अश्लील हर्कत गरिरहेको अवस्थामा भेटिएका हुन् । स्कुल पोषाकमै रहेकी छात्रा सहित आपत्तिजनक अवस्थामा फेला परेका उनिहरुलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार दुबै जनाले एक अर्काको मोबाइल साटेको भेटिएको छ भने महिला तथा बालबालिका सेलमा राखेर थप कुरा बुझ्ने काम भइरहेको छ । सार्वजनिक स्थलमा ट्याङ्करको क्याबिनमा अश्लील हर्कत भएको देखेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए ।