कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा एक होटेल सञ्चालकमाथि कुटपिट भएको छ। कञ्चनपुरको बेलौरी बजारमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेशकुमार वडायकमाथि धारिलो बस्तु प्रहार गरी कुटपिट भएको आफन्तले बताएका छन्।
निधारमा गहिरो चोट लागेका वडायकलाई कस्ले र किन कुटपिट गरेको भन्ने खुलेको छैन। वडायकले अस्पतालको शय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा भिडियो हाल्दै आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको बताएका छन्। उनले रातिको समयमा अचानक केही अराजक तवरका ‘डिआइजीको मान्छे’ भन्नेले आफूमाथि हमला गरेको आरोप लगाएका छन्। घटनाबारे जानकारी आएको र अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ।