धनगढी। कैलालीसहित सुदूरपश्चिम प्रदेशमा ‘अँनर’ ब्राण्डको मोबाइलको विक्री वितरण शुरु भएको छ। सेलट्रन नेपाल कम्पनी र केदार मोबाइल हाउससंगको संयुक्त आयोजनामा धनगढीमा भव्य समारोहकाबिच मोबाइल विक्री वितरणको आरम्भ गरिएको हो।
नेपालमा सो ब्राण्डका मोबाइल विक्री वितरण गर्ने जिम्मा सेलट्रन नेपाल कम्पनीले पाएको छ भने सुदूरपश्चिम प्रदेशमा केदार मोबाइल हाउससंग विक्री वितरणको सहमति गरेको थियो ।मोबाइल विक्री वितरणको आरम्भका लागि सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंहले ‘केक’ काटेर आरम्भ भएको जानकारी दिए।
सो ब्राण्डका मोबाईलहरु ११ हजारदेखि एक लाख ६५ हजार रकम पर्ने गरि मोडलहरु बजारमा रहेको जनाइएको छ। बजारमा अहिले अँनरका ‘एक्स सिक्स’, ‘एक्स सेभेन’, ‘एक्स एट’ र ‘एक्स नाइन’को माग बढीरहेको कम्पनिका बजार प्रतिनिधि नविन थापाले जानकारी दिए। कार्यक्रममा मोबाइल एशोसियसन कैलालीका अध्यक्ष सुरेश सापकोटा,आसिस मोबाइल ग्यालरीका सञ्चालक तेज आलम केदार मोबाइल हाउसका सञ्चालक विनय चोखाल लगायत मोबाइल ग्यालरी सञ्चालक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।