धनगढी। कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामानहरु बरामद गरिएका छन् । मंगलवार साँझ कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा चटकपुर र टिकापुर नगरपालिका वडा नम्बर–९ खक्रौलापुल नजिकबाट अबैध भन्सार छलीगरि ल्याएका सामान बरामद गरिएका हुन् ।
अन्दाजी ३३ हजार २ सय ७४ बराबरको चिनी,सुर्ती,बिडी,पास्ता,प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका-२ बैजुडाडाँबाट अबैध भन्सार छलीगरि ल्याएका अन्दाजी १३ हजार मुल्य बराबरको सोडा चिनी लगायतका सामानहरु मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जनाएको छ।