कैलाली। नेपाली कांग्रेस संसदीय दलको बैठक सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छ। असार १ गते प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष२०८०/०८१को बजेटमाथी प्रदेशसभामा छलफल सुरु हुन सकेको छैन्।
प्रदेश सभाको दोस्रो अधिवेशनको १४ औं बैठकबाट बजेट प्रस्तुत गरिएको २५ दिनसम्म बजेटरविकास कार्यक्रम (रातो किताव)प्रति सत्तारुढ दलकै असन्तुष्टिले छलफल अघि बढ्न नसकिएको हो । कांग्रेसको नेतृत्वमा सरकार रहेपनि बजेटमा सबै भन्दा धेरै असन्तुष्टि कांग्रेसकै सांसदहरूले पोखिरहेका छन्।
बजेटमाथिको गुनासो सम्बोधन गर्न मुख्यमन्त्री कार्यालयमा कांग्रेस संसदीय दलको बैठक बसेको हो। प्रदेश सभा सदस्यहरुमा बजेटमाथि असन्तुष्टिको बारेमा छलफल हुने बताइएको छ। भोलीबाट प्रदेश सभा बैठक सुरु गर्ने सभामुख भीम भण्डारीले तयारी गरिरहेका छन्।आज कांग्रेस संसदीय दलको बैठकले बजेटको समीक्षा गर्दै आगामी योजना पारित गर्ने बताइएको छ।
संसदीय दलको बैठकमा उपस्थित सबै सांसदहरूलाई योजना र बजेट अध्ययनको लागि फायल समेत उपलब्ध गराइएको छ। सोमबार प्रदेशसभा बैठक बोलाउने र मंगलबारदेखि बजेटमाथिको छलफल सुरु हुने बताइएको छ। सुदुरपश्चिम सरकारले असार १ गते चालुतर्फ नौ अर्व ५९ करोड ६० लाख दुई हजार तथा पुँजिगततर्फ १७ अर्व दुई करोड २३ लाख ६० हजार गरि २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो।