दार्चुला। शनिवार दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु भएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ हरडीगाड खोलामा खसेर सोही ठाउँका ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार गिरी शनिवार साँझ मालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने क्रममा ६० मिटर माथि बाटोबाट खोलामा खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ।