कैलाली। कैलालीको गोदावरी नगरपालिकामा एमबीबीएस छात्रवृतिको रकम फ्रिज भएको छ। चालु आर्थीक बर्षमा १ जना एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृती दिन नगरपालिकाले दरखास्त आह्वान गरेपनि आवेदन नपरेपछि ३ लाख रकम बजेट फ्रिज गएको जनाएको छ।
छात्रवृतिका लागि असार ३ गते देखी असार २० गते सम्म आवेदन दिइसक्नुपर्ने समय नगरपालीकाले तोकेको थियो। चालु आर्थीक बर्षका लागि दोस्रो पटक सूचना निकाल्ने समय पनि नभएकाले अब छात्रवृतिको रकम फ्रिज गएको नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले बताए। १ जनाले छात्रवृतिका लागि आवेदन दिएको भएपनि मापदण्ड नपुगेकाले छात्रवृति दिन नसकिएको बताए । नगरपालिकाले चालु आर्थीक बर्षमा १ जनालाई छात्रवितृ दिनको लागि ३ लाख रकम छुट्याएको थियो।
नगरपालीकाले आगामी आर्थीक बर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरी एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप एकमुष्ट एकलाख पचास हजार प्रदान गरिने घोषणा गरेको थियो। छात्रवृति पाउनको लागि नगरपालिकाले गोदावरी नगरपालिका भित्रकै सामुदायिक विद्यालयबाट अध्ययन गरीःMedical Education Commission बाट संचालन भएकोMedical Education Common Entrance Examination 2023 मा छनोट भइ हाल एमबीबीएस अध्ययनरत हुनुपर्ने मापदण्ड तोकेको थियो। गोदावरीको स्थानीय बासिन्दा अपाङ्गता भएको, महिला र आदिवासी जनजाति दलितलाई छात्रवृतिका लागि प्राथमिकता दिने सुचनामा बताएको थियो । शिक्षा शाखा प्रमुख जोशीले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई आगामी आर्थीक बर्षमा पनि छात्रवृति दिने कार्यक्रम रहेको बताए।