धनगढी। धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालामा तेक्वान्दो डोजाङको प्रथम वार्षिकोत्सव मनाइएको छ। बुधबार चैतन्य पाठशालामा अध्यनरत तेक्वान्दो खेलाडीहरूले आफ्नो स्थापनाको पहिलो वर्षगाँठ विविध कार्यक्रम आयोजना गरी मनाएका हुन्।
पाठशालामा बिद्याथीहरुको खेलकुद र चौतर्फी ब्यक्तीत्व बिकास गर्ने उदेश्यले तेक्वान्दो डोजाङ (प्रशिक्षण एकडेमी)को ब्यवस्था छ। तेक्वान्दो डोजाङको प्रथम वार्षिकोत्सवको अवसरमा वर्षभरि चैतन्य पाठशाला तेक्वान्दो डोजाङका विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान प्रदान गरिएको थियो। समानित हुनेमा वेस्ट लिडरसीप पुरस्कार आयुष्मान सिंह, वेस्ट सपिर्टमन्न सागर थापा, वेस्ट डेडिकेटेड प्लेयर पवन नाथ योगी, वेस्ट राइजिङ प्लेयर सुमन चौधरीलाई प्रदान गरियो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद जोशी, तेक्वान्दोका प्रशिक्षक शेर बहादर सिंह, विद्यालयका सहायक प्रधानाध्यापक कटक बहादुर सिंह, विद्यालयका कोर्डिनेटर रवि साउद, शास्त्र प्रहरी बलका पूर्व तेक्वान्दो प्रशिक्षक मोती लाल लामा, जनहित तेक्वान्दो डोजाङका प्रमुख योगेन्द्र खोलौला, ज्योती तेक्वान्दो डोजाङका प्रमुख पृथ्वी राज घिमिरेको उपस्थिति रहेको थियो। यसअघि चैतन्य पाठशालाको आयोजनामा पहिलो पटक प्रथम चैतन्य पाठशाला अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता २०८० आयोजना गरिएको थियो। लामो समयपछि निजी क्षेत्रबाट भएको प्रतियोगितामा ४२ बिद्यालयका १७० तेक्वान्दो खेलाडीले सहभागीता जनाएका थिए। चैतन्य पाठशालाले बिद्यार्थीहरुको चौतर्फी ब्यक्तीत्व बिकाससँगै संस्कारसहितको शिक्षालाई जोड दिदैआएको छ।