धनगढी। सुदुरपश्चिम सरकारले बजेटमा अपाङ्गता भएका व्यक्तिलाई उपेक्षा गरेको भन्दै उनीहरु आन्दोलित बनेका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू आन्दोलितसहित धनगढीमा अनशनमा बसेका छन्।
एक हप्ताअघि पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेर उनीहरू सडकमा रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले भने कुनै चाँसो नदेखाएको उनीहरुको आरोप छ । प्रदेश सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिकलाई होच्याउने र अपमानित खालका शब्द प्रयोग गरेको र बजेटमा समावेशीरुपमा अपाङ्गता भएकाहरूलाई नसमेटेको भन्दै उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएका थिए।
ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउँदा पनि माग पूरा हुने सङ्केत नदेखिएपछि सडक आन्दोलन गर्न बाध्य भएको अपाङ्गता अधिकार प्रबर्दधन संर्घष समितिका संयोजक भीमबहादुर शाहले बताए । शुक्रवार यही १५ गते देखि शसक्तरुपमा आमरण अनशनमा बस्ने उनको भनाइ छ । सडक प्रदर्शनपछि अनशनमा बसेको तेस्रो दिनसम्म सरकारले केही चासो नदेखाएको भन्दै राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले सुनवाइ नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।
यस्तै, आवश्यक सहायक सामाग्री, सरकारी अस्पतालमा सांकेतिक दोभासेको व्यवस्था लगायतका माग रहेको राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव एवं सङ्घर्ष समिति सदस्य नन्दराज भट्टको भनाइ छ । आफूहरूले उठाएका मागबारे जानकारी गराउँदै उनले अपाङ्गताका क्षेत्रमा कार्यरत सबै संघसंस्थाको संस्थागत विकास र सबलीकरणका लागि केही बजेट माग गरेको बताए । यस्तै आवश्यक साहायक सामाग्री, सरकारी अस्पतालमा सांकेतिक दोभाषेको व्यबस्था लगायतका माग रहेको उनको भनाई छ।
सडक प्रदर्शनपछि अनसनमा बसेको तेस्रो दिनसम्म सरकारले केही चाँसो नदेखाएको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानवहादुर साउदले सुनवाई नहुँदासम्म आन्दोलन जारी रहने बताए । संविधानप्रदत हकअधिकार कार्यान्वयन गराउन अपाङ्गता भएका ब्यक्तिहरुले सडक आन्दोलन गर्नुपरेको बिडम्पना भन्दै उनले मुख्यमन्त्रीसहित प्रदेश सरकारका सबै मन्त्रीलाई अपाङ्गता भएकाहरुको शिक्षा, स्वास्थ्य र रोजगारसँग जोडिएका माग राखेको तर, बजेटमा काही कतै नसमेटिएको बताए। यस्तै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा अपाङ्गता क्षेत्रलाई समेट्नुपर्ने धारणा राखेका छन्। उनले अपाङ्गता क्षेत्रलाई उपेक्षा गरेको भन्दै शुरु गरिएको आन्दोलनमा पत्रकार महासंघका तर्फबाट ऐक्यबद्दता ब्यक्त गरिएको बताएका छन्। प्रदेश सरकारले तत्काल उनीहरुको जायज मागहरु पूरा गर्न पहल चाल्ने बिश्वास समेत लिएका छन् ।नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेट जनताको जनचाहना, नीति तथा कार्यक्रमविपरित आएको बताए । झन् सरकारले बजेटमा अपाङ्गता भएका व्यक्तिलाई उपेक्षा गरेको भन्दै यस्ता बिषयलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाई छ।