कैलाली। कैलाली र कञ्चनपुरमा अवैध ब्रोइलर कुखुरा र माछा वरामद गरिएका छन्। सोमबार दिउँसो प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटमा भारतीय नम्बरका दुईवटा मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा अवैध ब्रोइलर कुखुरा र माछा वरामद गरिएका हुन्।
भारतीय नंम्बर प्लेटको युपी ३१ एपी ८६३८ नम्बरको मोटरसाईकलसहित १ सय २० किलो अबैध रुपमा भंन्सार छलिका ब्रोइलर कुखुरा वरामद गरिएको प्रहरीले बताएको छ। कुखुरा ल्याइरहेका मोटरसाइकलका चालक भने मोटरसाइकल छोडेर फरार भएका छन्। प्रहरीका अनुसार मोटरसाईकल र ब्रोइलर कुखुरा गरि कूल ६५ हजार मूल्य बराबरका छन्।
वरामद बोईलर कुखुरा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र वासिन्दाको रहोबरमा नष्ट गरिएका छन्। त्यस्तै सोमबार दिउँसो नै प्रहरीले कैलालीको भजनी नगरपालिका-३ सरदार चोकमा भारतबाट अवैध रुपमा ल्याइएको अन्दाजी २४ हजार रुपैयाँ मूल्य बराबरको ८० किलो बैखा माछा वरामद गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले सो माछा बेवारिसे अवस्थामा फेला पारेको जानकारी दिइएको छ।


