धनगढी। कैलालीको अत्तरियामा एक जना किशोरी मृत अवस्थामा फेला परेकी छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी १८ वर्षीया छोरी अस्मि बोहरा मृत फेला परेकी प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालका अनुसार शनिबार करिब ४ बजेको समयमा अस्मि आफै घरभित्र मृत अवस्थामा फेला परेकी हुन् । अस्मि आफ्नै एक तले चार कोठे पक्की घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्। मृतक अस्मिले आत्महत्या गरेको बताइएको र सो घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।