कैलाली। कैलालीमा सामुदायिक वनमा एक जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय भिगुराम चौधरी पुर्णीमा सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार विहान दाउरा काट्न भनी भिगुरामसहित ४ जना लम्कीचुहास्थीत पुर्णीमा सामुदायिक वनमा गएका थिए। उनीसहित ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारुसहित चार जना दाउरा काटन पुर्णीमा सामुदायिक वनमा गएका थिए।
तर भिगुराम चौधरी घर नफर्किएपछि परिवारले प्रहरी टोलीलाई खबर गरेका थिए। प्रहरीलाई खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले भिगुरामलाई पुर्णीमा सामुदायिक वनमा मृत अवस्थामा आज शनिवार फेला पारेको हो। सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ।