कञ्चनपुर। कञ्चनपुरमा सशस्त्र प्रहरीले ११ महिना अवधिमा ३ करोडबढि भन्सार छलीका समान बरामद गरेको छ। कञ्चनपुरमा सशस्त्र प्रहरी बलले भारतबाट अबैध रुपमा चोरी तस्करी गरेर नेपाल भित्र्याउन लागेका अवैध समान बरामद गर्दै आएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरीको तथ्याङ्ग अनुसार चालु आर्थिक बर्ष ०७९/०८०को जेठ मसान्तसम्ममा ३ करोड बढि मुल्यका अवैध सामान बरामद गरेर भन्सार बुझाईएको छ । चालु आर्थिक बर्षको अन्तिम असार महिलाको पहिलो सातासम्ममा ३२ लाख बराबरका अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले गण र गणमातहत रहेका प्रस्तावित गुल्म एव बोर्डर आवट पोष्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा भन्सार नकोटेरै नेपाल भित्रिएका व्यवसायिक समान बरामद गरेर भन्सार बुझाईएको बताए। उनका अनुसार भारतबाट गैर कानुनी रुपमा तस्कर समुहले किराना, खाद्यान्न, सवारी साधन, कपडा, हार्डवेयरका समान सहित प्रतिबन्धित कुखुरा, अण्डा सहितका व्यवसायिक समान बरामद गर्दै कैलाली,कञ्चनपुरका भन्सार कार्यालयमा बुझाईएको छ।
आगामी दिनमा समेत भन्सार चोरीछलीमा सशस्त्र प्रहरीले सुन्य सहनशिता नीति अनुरुप गैर कानुनी गतिबिधी नियन्त्रण गर्ने जनाएको छ। सशस्त्र प्रहरीले भन्सार राजस्व चुहावट रोकथामका लागि प्रभावकारी काम गरेको र अब थप भन्सार चोरी तस्करीमा कडाई गर्नुपर्ने स्थानीयको सुझाव छ । भन्सार कार्यालयले समेत भन्सार चोरी पैठारीमा सशस्त्र प्रहरीले समेत सकारात्मक भूमिका निर्वाह गरेको जनाईएको छ।
साईकल, मोटरसाईकलदेखि ठुलठुला सवारी साधनमा खुलेयाम तस्कर समुहले भारतबाट यसरी भन्सार छलेर समान ल्याउने प्रवृतिले राजस्व लक्ष्य समेत पुरा हुन नसकेको छैन। भन्सार कार्यालय कञ्चनपुरका प्रमुख धुव्र विश्वकर्माले चालु आर्थिक बर्ष ११ महिनाको अवधिमा ५४ करोड ९० लाख राजस्व संकलन गर्ने लक्ष्य भएपनि ३८ करोड ७६ लाख रुपैँया मात्रै संकलन भएको बताए। ठुला तस्करमाथि निर्मम भएर कार्बाही गर्नुपर्ने सीमावर्ती क्षेत्रका स्थानीय जनताको माग छ ।