कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका अबैध बोईलर कुखुरा बरामद गरिएका छन्। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ वैवाहमा भन्सार छलीका ६५ किलोग्राम बोईलर कुखुरा बिहीवार बरामद गरिएका हुन्।
प्रहरीले से ३ प १५१४ नम्बरको मोटरसाइकलमा राखेर ल्याइएका भन्सार छलीका उक्त अबैध बोईलर कुखुरा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र कञ्चनपुर प्रहरी चौकी झिलमिलाबाट प्रहरी टोली खटिएको थियो । मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।