धनगढी। नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बुधवार हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ ।
आन्तरिकतर्फको हवाई भाडा घटेको छ। प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले सस्तो भएको छ। योसँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ।
यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो भने सबैभन्दा कम काठमाडौं–सिमराको फ्यूल सर्जाइकल चार्ज ९० रुपैयाँले घटेको छ। यसअघि काठमाडौं–सिमरा चार्ज एक हजार ४४० रुपैयाँ रहेकोमा भाडा घटेसँगै एक हजार ३५० रुपैयाँ कायम भएको छ। मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै हवाई भाडा समेत समायोजन भएको हो।(हेर्नुहोस् सुचिसहित सुदुरपश्चिमका जिल्ला आउन जान कती भाडा लाग्छ)