धनगढी। कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मंगलवार कैलालीको घोडाघोडी नगरपालिका–६ झलझलीयाको सडकमा ट्याक्टरबाट खसेर गम्भिर घाईते भएका घोडाघोडी नगरपालिका–३ का २७ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको हो।
उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले बताएको छ। ना ४ त ८७१५ नम्बरको ट्याक्टर र चालक २७ वर्षीय सुबाष चौधरीलाई नियन्त्रणमा लिएको छ। चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।