दार्चुला। दार्चुलामा ४ रेक्टरको भूकम्प गएको छ। मंगलबार बिहान ४ बजेर ५५ मिनेट जाँदा दार्चुलाको खण्डेश्वरी केन्द्रबिन्दु भएको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलामा चार रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पबाट भएको क्षतिबारे विवरण आइनसकेको दार्चुला प्रशासनले जनाएको छ। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जानेक्रम बढीरहेको छ। यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।