धनगढी। गेटामा विश्वविद्यालयको अनुगमन गर्न गएका आन्दोलनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ। गेटामा विश्वविद्यालयको मागसहित अनुगमन गर्न गएका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको हो।
सोमवार गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीसँग कुराकानी गर्न आन्दोलनकारीहरू गएका थिए। डाक्टर प्रमोद जोशीको कार्यकक्षमा अस्पताल सञ्चालनको अवस्थाबारे बुझ्न जाँदा प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीहरुलाई बाहिर निकालेपछि भेटघाट र छलफल गर्न पाएनन्। सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । गेटामा विश्वविद्यालयको माग गर्दै आन्दोलनकारीहरु बिगत २ हप्ता देखी निरन्तर सरकारलाई दवाब दिइरहेका छन् ।