कैलाली। कैलालीको गोदावरी नगर भित्रका विद्यालयमा थप तीन दिन गर्मी बिदा हुने भएको छ। अत्याधिक गर्मी हुनथालेपछि गोदावरी नगरपालिकालेले आईतबार एक सूचना जारी गर्दै थप तीन दिन बिदा दिएको हो ।
यस अघि नगरपालिकाले जेठ २९ गते देखि असार १ गते सम्मका लागि बिदा दिएको थियो। मौसममा सुधार नआएपछि वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी आज (असार ४ गते ) देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ।