धनगढी। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा सुदुरपश्चिम ११ स्पोर्टस क्लब जोडिएको छ। धनगढीको क्लबले विजेता तथा मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकलाई दिईने ट्रफी प्रायोजन गरेर साथ दिएको हो।
प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सुदुरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाल र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे। सुदुरपश्चिम ११ स्पोर्टस क्लबले सुदुरपश्चिमको एक मात्रै देशकै सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गर्दै आएको छ।
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५र३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।