धनगढी। सुदूरपश्चिम प्रदेश सभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको बजेट जनविरोधी रहेको प्रतिक्रिया दिएको छ। प्रदेश आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आज प्रदेश सभामा आगामी आव २०८०/०८१ को बजेट प्रस्तुत गरेका थिए।
आगामी आव २०८०/०८१ को बजेटमाथि प्रतिक्रिया दिँदै नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारले ल्याएको बजेट जनविरोधी र कर्मकाण्डी मात्रै रहेको बताए । उनले यो बजेट कर्मकाण्डी रहेकाले यसले संसद विकास कोषलाई ब्यूँताउने काम गरेको बताए।
जुन जनविरोधी छ । ग्रामीण क्षेत्रको शिक्षामा लगानी बढाउनुपर्ने ठाउँमा संविधान विरोध बजेट आएको छ।प्रदेशसभा सदस्यहरुलाई ३ करोडका दरले बजेट दिइनु गलत भएको भन्दै बिपक्षी दलले यसको बिरोध गरेको छ । उनले बजेट कार्यान्वयन हुनेमा पनि आशंका व्यक्त गरे। यस बजेटले प्रदेशको कुनै गौरबका आयोजनालाई नछुने बिपक्षी दलको भनाई छ ।
आर्थिक मामिला मन्त्री शाहीले आगामी आर्थीक बर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार विनियोजन गरेका छन् । उनले जसमा चालुतर्फ ९ अर्व ५९ करोड ६० लाख २ हजार अर्थात ३२ दशमलव ७९ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै पुजिगत तर्फ १७ अर्व २ करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत विनियोजन गरिएको छ । अन्तरसरकारी वित्तीय व्यवस्थापनतर्फ २ अर्व ३४ करोड ७५ लाख ७० हजार विनियोजन गरिएको छ ।
आर्थीक मामिला मन्त्री शाहीले बजेट कार्यान्वयनका लागि आन्तरिक राजश्वबाट १ अर्ब ५० करोड, केन्द्र सरकारको राजश्व बाँडफाँट ९ अर्ब ४१ करोड १७ लाख, संघीय रोयल्टी बाँडफाँट ६ करोड ५६ लाख ८ हजार, वित्तिय समानीकरण ८ अर्ब ५२ करोड ३ लाख, चालु आर्थिक बर्षको बचतबाट ३ अर्ब ८६ करोड, शर्शत अनुदान ४ अर्ब ५१ करोड, संघीय समपूरक अनुदान ७७ करोड र विशेष अनुदान ६२ करोड हुने अनुमान गरिएको बताए।