धनगढी। सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०८०/०८१ को बजेट भाषण शुरुभएको भएको छ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार आज प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले बजेट प्रस्तुत गरिरहेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब हाराहारीमा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो। चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान नौ अर्ब ७५ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने नौ अर्ब ६० करोड ५१ लाख र सङ्घीय रोयल्टी बाँडफाँटबाट चार करोड ७३ लाख बजेट दिएको छ।
सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ । यस पटक सरकारले अघिल्लो पटकभन्दा सानो आकारमा बजेट ल्याउन लागेको हो । (Live) हेर्नुहोस् तल