धनगढी : सुदूरपश्चिम प्रदेशका पुर्ब उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादूर धामीले गेटामा मेडिकल बिश्व बिद्यालय बनाउनका लागी आन्दोलन गर्नुको कुनै अर्थ नभएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रदेशसभा सदस्य समेत रहेका धामीले भोलीको दिनमा कतै भोट बैकं बनाउन सकिन्छकी भनेर गरिएको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै भनेका छन् ।
भोलि कतै भोट बैक बनाउन सकिन्छ कि भनेर आन्दोलन गर्नु को सट्टा एक चोटि बालकोट लाई सोध्नेकि, आफु प्रधानमन्त्री हुदासम्म किन गेटा स्वासथ्य बिश्व बिध्यालयको कुरा गरिएन ?सम्माननिय प्रधानमन्त्री प्रचण्डले मन्त्री परिषद बैठक बाट गेटा स्वास्थ्य बिश्व बिध्यालय बनाउने निर्णय गरेको दोस्रो दिन स्वयं गेटा बिमानस्थल बाट नजिकै रहेको निर्माणाधीन स्थलको स्थलगत निरिक्षण गरि कञ्चनपुर जिल्लाको उधोग बाणिज्य सँघले आयोजना गरेको महोत्सब जानु भई दोधारा चाँदनिको सुख्खा बन्दरगाहको पनि अनुगमन गरेको कुरा सबै लाई जानकारि नै छ । अहिले बिधेक सदन जानु अगाडि अर्थको सहमतिका लागि क्यबिनेट अर्थमन्त्रालय पठाई सकेको हुदा सस्तो लोकपृयताकालागि आन्दोलन गर्नुको अर्थ छैन । जनता सचेत भैसकेको कुरा आन्दोलनमा सहभागि र उपस्थिले पनि स्पस्ट देखाएको छ ।
धामीको फेसबुक स्टाटसले चौतर्फी आलोचना भइरहेको छ । आन्दोलनमा एक्यबद्धता जनाई बिश्वबिद्यालयका लागी सरकारलाई दवाव दिनुको सट्टा उल्टो आन्दोलनरथ पक्षलाई बिभिन्न आरोप लगाएपछि उनको बिरोध भइरहेको छ ।