धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले प्रदेश सभा बैठक बहिष्कार गरेकी छिन् । गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेशबासी आन्दोलित भएकाले प्रदेश सभा बैठक बहिष्कार गरेकी हुन् ।
सभामा बोल्दै विष्टले भनिन –‘अहिले मेडिकल कलेज सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन् । आज बन्दको घोषणा पनि गरिएको छ । यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन । तसर्थ बैठक स्थगित गरिनुपर्छ । साथै आजको बैठक म बहिष्कार गरेको छु ।’
उनले संघिय सरकारलेनै मेडिकल कलेज सञ्चालन ल्याउनमा ध्यान दिन नसकेको बताइन् । उनले भनिन –‘संघिय सरकारले मेडिकल कलेज सञ्चालनमा ध्यान नदिनु भनेको प्रदेश सरकारलाईनै हेपेको हो । त्यसैले प्रदेश सभा बैठक स्थगित गरि आन्दोलनमा साथ दिउँ ।’