कञ्चनपुर। कञ्चनपुरका बिभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुरमा जमुना सार्कीको घरबाट लागुऔषध खैरोहेरोईनसहित ३ जना पक्राउ परेका छन् ।
०.२६ ग्राम लागुऔषध खैरोहेरोईनसहित सोही ठाउँका २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १८ वर्षीया कञ्चन आग्री पक्राउ परेका हुन्। उनीहरुलाई गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिइएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–७ लालपुरका ४३ वर्षीय गणेश सिंह भण्डारी पक्राउ परेका छन्।
संकालागि चेकजाँच गर्दा उनको साथबाट रेक्सोजोशिक २ सिसी र फेनार्गन १ सिसिसहित फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी चौकी सुडाबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जना माथी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।