कैलाली। कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बेहराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। उनी मंगलवार बिहान घरदेखि दक्षिणतर्फ रहेको शिवशंकर सामुदायिक वनभित्र माटो खन्ने क्रममा अचानक माथिबाट माटोको धसिन गई उनी पुरिएको प्रहरीले जनाएको छ। माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन्।
शिवशंकर सामुदायिक वनमा माटोको ढिस्कोमा पुरिएकी बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ। यसअघि आइतवार खाल्डो खन्ने क्रममा कैलालीको कैलारी गाउँपालिका–२ का २७ वर्षीय बिष्णु चौधरीको मृत्यु भएको छ। धनगढी ८ धनगढी गाउँका मायाराम चौधरीको घर नजिकै सेप्टी टंकिको खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर घाइते भएका बिष्णुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।