कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीको कुखुरा र सामान बरामद गरिएका छन् । कञ्चनपुरको बेलौरीमा भन्सार छलेर ल्याएको कखुरासहितको सामान प्रहरीले बरामद गरेको हो । शनिबार दिउँसो बेलौरी नगरपालिका–६ प्रेमनगरमा भारतबाट भन्सार छली ल्याएका १ सय किलो कुखुरा र चिनी, प्लाष्टिक, गरी ७० हजार रुपैयाँ बराबरको वेवारिसे सामान वरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले ती सामान पक्राउ गरेको बताइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


