धनगढी । सुदूरपश्चिममा सडक यातायातको नयाँ भाडा दर कायम गरिएको छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडकहरुको रुटको नयाँ भाडा दर सार्वजनिक गरेको हो। प्रदेश राजपत्रमा भाडादर प्रकाशित गर्दै बिहिवारदेखि लागु हुने नयाँ भाडा दर सार्वजनिक गरिएको छ।
प्रदेश राजपत्रमा प्रकाशित गरिएको भाडा दरअनुसार टीकापुर–बैतडीको भाडा १०११, टीकापुर–साँफेबगरको भाडा १२३६, चुनेपानी–डडेल्धुराको भाडा ४२३, टीकापुर–सिलगढीको भाडा ९४२ कामय गरिएको छ। यस्तै डडेल्धुरा–बैतडीको भाडा २५९ रुपैयाँ, डडेल्धुरा–खोड्पेको भाडा १३२, धनगढी–चिसापानीको भाडा २८१, धनगढी–चुनेपानीको भाडा ५७, धनगढी–चैनपुरको भाडा १०४१ रुपैया कायम गरिएको छ।
धनगढी–डडेल्धुराको भाडा ४८०, धनगढी–टीकापुरको भाडा २९४, धनगढी–डडेल्धुरा–साँफेबगरको भाडा ९५७, धनगढी–महेन्द्रनगरको १५९ रुपैयाँ भाडा दर कमय गरिएको छ।धनगढी–साँफेबगरको ९३९, धनगढी–सिलगढीको भाडा ६९७, धनगढी–सुखड–भजनीको भाडा २४२, महेन्द्रनगर–अत्तरिया–साँफेबगरको भाडा १०२३ कामय गरिएको हो।यस्तै धनगढी –बैतडीको भाडा ७८७, गड्डाचौकी–महेन्द्रनगर–बैतडीको भाडा ८७८, धनगढी–दार्चुलाको भाडा ११५२ र महेन्द्रनगर–अत्तरिया–दार्चुलाको भाडा १२२९ कायम गरिएको छ ।