कैलाली। कैलालीको गोदावरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका २ तेघरी स्थित गोदावरीबाट अत्तरिया तर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी नाम थर , वतन नखुलेकी महिलालाई उपचारको लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल लगिएको उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव अस्पतालमै राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक भने फरार भएका छन् ।चालकको नाम खुलेको छैन्। उनको खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।