कञ्चनपुर। कञ्चनपुरमा दुइ जना भारतीय लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषधसहित दुइ जना पक्राउ परेको कञ्चनपुर प्रहरीले बताएको छ। कञ्चनपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभितका सोनु सिँह र सुकदेव सिँह रहेका छन्।
नेपाल भारत सीमा क्षेत्रबाट मोटरसाईकलमा सवार उनीहरु १० दशमलव ३६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। प्रदेश प्रहरीको आरआइटी र इलाका प्रहरी कार्यालय बेलडाडी तथा प्रहरी चौकी भुडाको प्रहरी समूहले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई कारबाहीका लागि प्रकृया थालिएको प्रहरीले जनाएको छ।


