धनगढी : लामो समयदेखी प्यारालायसिस पिडित मजदूरलाई टेकंर चालक इकाई कमिटिले आर्थिक सहयोग गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन टेकंर चालक इकाई कमिटिका साधारण सदस्य समेत रहेका राम अवतार रानाका छोरा पुर्व ट्याकंर चालक सुरज रानालाई उपचारका लागी टेकंर चालक इकाई कमिटि धनगढीले आर्थिक सहयोग गरेको हो ।
इकाई कमिटि अध्यक्ष पुस्कर गुरुङ सहित मजदूर नेताहरुले रानालाई ३३ हजार ९ सय ६५ रुपयाँ हस्तान्तरण गरेका हुन् । टेकंर चालक इकाई कमिटि धनगढीका अध्यक्ष पुस्कर गुरुङले चालक तथा सह चालकहरुबाट उठाएर केही रकम रानालाई सहयोग गरेको बताए । प्यारालायसिस भएर थला परेका रानालाई उपचारका लागी केही राहत पुगोस भन्ने उद्देश्यले थोरै आर्थिक सहयोग गरेको गुरुङले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन लगायत माथहतका कमिटिहरुले मजदूरका हकहितमा काम गर्दै आइरहेका छन् । यातायात मजदूरहरुलाई समस्या पर्दा सानो सानो रकम उठाएरपनि सहयोग गर्ने गरिएको नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिमका अध्यक्ष ललित चन्दले बताए ।


