डडेल्धुरा। स्वतन्त्र युवा एकता समाज डडेल्धुराले बिभिन्न मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र युवा एकता समाज डडेल्धुराका संयोजक सुरत तमोलिको नेतृत्वमा बिभिन्न मागसहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाइएको हो।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अर्बौं रकम भ्रष्टाचार गर्ने दोषीलाई कारबाही माग र शिवशिखर सहकारीको बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने र सहकारीमाथि कानूनी कारबाही हुनुपर्ने माग राख्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाइएको संयोजक सुरत तमोलिले बताए। डडेल्धुरामा मात्रै ४२ करोड रकम निक्षेप संकलन गरी बन्द भएको शिवशिखर सहकारीले स्थानीयको रकम फिर्ता गर्नुपर्ने र सहकारीमाथि कानूनी कारबाही हुनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।