धनगढी। सुदुरपश्चिमका नव नियुक्त सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै सामाजिक बिकास मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्री साउँदले सो कुरा बताएका हुन्।
उनले लामो समयपछि मन्त्रालय रिक्त भएपनी ढिलै भएपनी पुर्णता पाएको बताए। आफुले मन्त्रालयको नेतृत्व समाल्दै गर्दा सुशासनलाई पहिलो जोड दिएको बताए । उनले भने, जसरी यो देश आर्थिक अनयिमितता, भ्रष्टाचारमा गएको छ, त्यसरी नै सहि दिशानिर्देशमा ल्याउने पहिलो प्राथमिकता हो, सुशासनमा पहिलो जोड दिन्छु, उनले भने। यस सँगै जनताका आधारभुत स्वास्थ्य सेवा,सामाजिक सेवा, जनताका नैर्सगिक अधिकारलाई ब्यवहारिक रुपमा लागूगर्ने र प्रदेश सरकारबाट त्यो लागु गराउने प्रतिबद्यता ब्यक्त गराउँछु ।
यस्तै आम नागरिकलाई पु¥याउनुपर्ने सेवालाई सहज बनाउने, कुनैपनी बिरामी औषधी उपचार गर्नबाट बन्चित हुन नदिने र अकालमै ज्यान गुमाउनबाट बचाउने आफ्नो प्रतिबद्धता रहने बिश्वास ब्यक्त गरे । उनले शिक्षाको क्षेत्रमा पनी सुधार गर्न जरुरी रहेको बताए। यस्का साथै सामाजिक क्षेत्र, युवाबिकासका क्षेत्र, खेलकुलका क्षेत्रलाई पनी बिशेष प्राथमिकतामा राखेको जानकारी दिए। सामाजिक बिकास मन्त्रालयको टिम र यहाँका कर्मचारी सँगै आफुले सहकार्य गरी जनता र सेवाग्राहीको काम गर्ने बिश्वास दिलाएका छन्।