धनगढी। सुदुरपश्चिममा आफुले दुई मन्त्रालय नपाए नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने बताएको छ। उन्मुक्ति संसदिय दलका नेता घनश्याम चौधरीले दुई मन्त्रालय पाउनुपर्ने दाबि कायम राख्दै नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन्।
यसअघि नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो। नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास मन्त्रालय र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्रीको माग गर्दै आएको छ। तर नेकपा माओवादी केन्द्रले समेत सामाजिक विकास मन्त्रालयसहितका तीन मन्त्रालय पाउनुपर्ने माग राखेको छ।माओवादी संसदीय दलका नेता खगराज भट्टले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको बताए।
उनका अनुसार गीता माललाई राज्यमन्त्री तयारी भइरहेको छ। धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने उनले जानकारी दिए। शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टको भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शपछि प्रदेशमा नाम टुंगो लगाइएको हो। यता उन्मुक्तीका नेता कैलाश चौधरीले ‘हामीले दुई मन्त्रालय पाउनुपर्ने माग राखेको बताए । मागका बारेमा सरकारसँग बैठक बसेको छैन् । त्यसपछि मात्रै हामीले पाउने मन्त्रालय बारे जानकारी हुने बताए।
नागरिक उन्मुक्तिले आफ्ना माग पुरा नभए आज हुने सरकारमा नजाने र मन्त्रीमण्डल बिस्तारलाई बहिस्कार गर्ने बताएको छ।नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। तर, नाउपाले एउटा मात्रै मन्त्रायलय पाउने भएपछि नाउपा सरकारमा नजाने तयारीमा छ। सरकारलाई विश्वासको मत दिनमा उन्मुक्तिको ठुलो हात थियो। तर, मन्त्रालय भागवण्डामा नेकपा माओवादीलाई बढी सिट दिनु नहुने भनाई छ।नागरिक उन्मुक्तिले प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो।
नागरिक उन्मुक्ति केन्द्रमा सरकारमा सहभागी छ ।कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए। २७ माघमा शपथ लिएकै दिन कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री शाहले माओवादी र गठनबन्धनमा आबद्ध अर्को दल नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन सकेको छैन् । मुख्यमन्त्री शाहले माओवादीलाई पनि समेटेर सरकार विस्तारको तयारी थालेका छन्।


