धनगढी। कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका-९ धनचैयाका २३ वर्षीय महेन्द्र बिकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।
उनलाई लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोमवार बिहान ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


