कञ्चनपुर। कञ्चनपुरमा अवैध सामानसहित ५ जनालाई पक्राउ गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ र १० बाट ४ लाख ३९ हजार एक सय रुपैँया बराबरका अवैध भन्सार छलिका सामान बरामद गरिएको हो।
दुबै ठाउँबाट भन्सार छलिका तरकारि, लेडिज कपडा,आलु,मिश्री,प्याज, २ थान मोटरसाईकल, १ थान स्कुटर र ३ थान साइकल बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। बरामद गरिएका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।तर उनीहरुको परिचय सार्वजनिक गरिएको छैन । उनीहरुमाथी थप अनुसन्धान भैरहेको पहरीले जनाएको छ।