धनगढी। कैलाली बहुमुखी क्याम्पसमा कानुन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कैलाली बहुमुखी क्याम्पस कानुन संकायको आयोजनामा कानुन दिवसको अवसरमा नेपालमा कानुन कार्यान्वयन वर्तमान अवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो।
सहभागिहरुले नेपालमा राजनितीक हस्तक्षेपका कारण कानुन कार्यान्वयनमा समस्या भएको बताएका छन् । उनीहरुले कानुन कार्यान्वयनमा कुनैपनी राजनितीक दल तथा कार्यक्रर्ताबाट हस्तक्षेप नहुनुपर्ने सुझाब दिएका छन् । सम्वन्धि अन्तरक्रिया कार्यक्रमका सभापति तेज जंग मल्ल रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका कानुनी सल्लाहकार तथा मुख्यन्याधिबक्ता कुलानन्द उपाध्यायले राजनितीक हस्तक्षेप नभई कानुन कार्यान्वयनमा सहजता नहुने बताए। यस्तै कार्यक्रमका विशिष्ट अतिथिमा कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्याय, कैलाली जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवम न्यायाधिबक्ता राजेन्द्र भण्डारीको उपस्थीती रहेको थियो । यस्तै वरिष्ठ कानुन व्यवसायी देबराज अवस्थी,कैलाली बारका अध्यक्ष सिद्ध राज ओझा, अतिथि कैलाली बहुमुखी क्याम्पसका कानुन संकाय प्रमुख पदम पाल,स्ववियु सभापति यमराज जोशी र स्ववियुका प्रतिनिधि लगायत कानुन संकायका विद्यार्थीको सहभागीता रहेको थियो।



