कञ्चनपुर। कञ्चनपुरमा अवैध सामानसहित ५ जना पक्राउ परेका छन् । कञ्चनपुरमा दुई लाख ६९ हजार तीन सय ५० मुल्य बराबरका अवैध सामान सहित ५ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन् ।
जिल्लाको भीमदत्त नगरपालिका–५ सुकाशालबाट भन्सार छलीका दाल, मिश्री, चिनी, तरकारी राख्ने टोकरी, फुर्टी, बेसन पाउडर, २ थान मोटरसाइकल, १ थान स्कुटर , २ थान साईकल कञ्चनपुर प्रहरीले बरामद गरेको हो। बरामद गरेका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको कञ्चनपुर प्रहरीले जनाएको छ।