कञ्चनपुर। कञ्चनपुरमा लागूऔषध चरेश मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन्। शुक्लाफाँटा नगरपालिका ७ बस्ने जैना ठगुन्नालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। फरार रहेकी ठगुन्नालाई आइतबार बिहान उनकै घरमा खोजतलास गर्दा प्रहरीले फेला पारेको हो।
उनलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरबाट ४ दिनको म्याद मिलान गरी आवश्यक अनुसन्धान कार्य भरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक सुर्य बहादुर शाहीले बताए। बैशाख ०८ गते शुक्लाफाँटा नगरपालिका वडा नं. ५ वनसमिति कञ्चनपुरबाट पक्राउ परी ईलाका प्रहरी कार्यालय झलारीमा लागूऔषध चरेश मुद्धामा म्याद थप भएका वसन्त जोशीसमेतको बयानमा ठगुन्नाको पनि संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।