धनगढी। भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन्। धनगढी उपमहानगरपालिका स्थित बासुदेबी माध्यामिक विद्यालय र त्रिनगर माद्यामिक विद्यालयका छात्रछात्राहरुलाई मन्त्री देउवाले छात्रवृत्ति वितरण गरेका हुन् ।
बासुदेबिका ८० र त्रिनगरका ७५ गरी जम्मा १ सय ५५ जना कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई नगद छात्राबृत्ति बितरण गरेका हुन् ।बौद्धिष्ट टि.जेड.यु फाउन्डेसको प्रायोजनमा युथ एलाईन्स फर डेभलोपमेन्टको समन्वयमा सो छात्रवृत्ति वितरण गरिएको हो । सो छात्रवृत्ति वितरण कार्यक्रमा प्रमुख अतिथि समेत रहेका मन्त्री देउवाले शैक्षिक क्षेत्रको विकासमा जोड दिएका थिए।




