कञ्चनपुर। कञ्चनपुरमा रुखबाट हाँगा खस्दा एक जनाको मृत्यु भएको छ। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको सामुदायिक वनमा दाउरा खोज्न गएका उनको रुखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो।
गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो। उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु-याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ। शव महाकाली अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रवक्ता डाँगीले बताए ।