कञ्चनपुर। कञ्चनपुरको बेलडाँडीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। सोमबार दिउँसो साढे ४बजे गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बेलडाँडी गाउँपालीका २ क्याम्प बजारबाट लागु औषध खैरोहेरोईनसहित उनीहरुलाई पक्राउ गरेको हो।
बेलडाँडी १ लक्ष्मीटोलका २३ बर्षिय पदम भट्ट र भिमदत्त नगरपालिका ४ भगतपुर का ३३ बर्षिय सुरेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो । सु।प।प्र।०२००३प ६१७७ नम्बरको मोटर साईकलमा सवार उनीहरु बेलडाँडीबाट दैजि तर्फ जाँदै गरेको थिए । प्रहरीले चेकजाँचका क्रममा ४ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हेरोईन प्रहरीले बरामद गरेको हो। पक्राउ परेका उनीहरु २ जनासहित बरामद गरिएको उक्त लागुऔषध, मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय बेलडाँडीमा ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।